लागोस : नाइजेरियामा एक विद्यालयको भवन भत्किँदा १० बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।
नाइजेरियाको लागोस टापुमा रहेको इटा फाजीमा बुधबार चार तल्ले भवन भत्किएको थियो। उद्धार टोलीले १०० भन्दा बढी बालबालिकालाई उद्धार गरेको बताइएको छ।
विद्यालय समयमा भएको उक्त घटनामा फसेका बालबालिकालाई जीवितै उद्धार गर्न स्थानीयको सहयोगमा सुरक्षाकर्मी खटेका थिए।
अधिकारीहरुले भवन भत्किनुको कारणका बारे अनुसन्धान गरिरहेको छ। अधिकारीहरुले भवनको कमजोर संरचना नै भवन भत्किएको मुख्य कारण रहेको अनुमान गरेका छन्।