PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वर्तमान सरकार भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा पाउन लायक: लोहनी



वर्तमान सरकार भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा पाउन लायक: लोहनी

दाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको बताएका छन्। दुईतिहाइको मत प्राप्त सरकारबाट स्थायित्व र विकास प्राप्त हुन्छ भन्ने जनअपेक्षा विपरीत देशमा कुशासन र अनियमितता व्याप्त रहेको भन्दै चिन्ता व्यक्त गरेको राप्रपाले जारी गरेको प्रेस नोटमा जनाइएको छ।

दाङको घोरहीमा आयोजित पत्रकार भेटघाटमा राणाले भने, ‘वाइड बडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा डुबेको प्रमाणित गर्दछ। सरकार भ्रष्टाचारबाट डुङडुङ गनाएको छ। पछिल्लो अवस्था हेर्दा, सरकारले केन्द्रको भ्रष्टाचार गाउँ गाउँ पुर्याएको छ।’

अर्का अध्यक्ष लोहनीले भने,‘नेकपाकै सांसद सहभागी रहेको लेखा समितिले वाइड बडी प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्यो। सरकारले अध्यक्षसहित अन्य दुई सदस्य रहने आयोग गठन गर्ने घोषणा गर्यो। तर त्यो आयोगले जिम्मोवारी पत्र पाउदै पाएन। वाइडबडी, सुन प्रकरण जस्ता अनेक घटनाक्रमले सरकारले सुशासन नभएर कुशासन दिएको प्रष्ट गर्दछ। सरकालाई भ्रष्टाचार र कुशासनको पहिलो दर्जाको तक्मा लगाइदिए हुन्छ।’

कांग्रेस र कम्युनिष्टहरुले हिन्दु राष्ट्रको पहिचान मेटेर अन्याय गरेको राणाको आरोप थियो। नेपालको मौलिक पहिचान पूर्नस्थापना हुनुपर्दछ भन्दै राणाले भने, ‘हिन्दु राष्ट्रको पहिचान कायम गर्नलाई हामी आन्दोलन समेत गर्न तयार छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell