PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मेडिकल कलेजमा बढी शुल्क असुलेकोमा विवेकशील साझाको विरोध



मेडिकल कलेजमा बढी शुल्क असुलेकोमा विवेकशील साझाको विरोध

काठमाडौं: विवेकशील साझा पार्टीले मेडिकल कलेज र शैक्षिक संस्थाहरुमा बढी शुल्क असुल गरेकोबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका भन्दै पार्टीले भर्त्सनासमेत गरेको छ।

 

'शिक्षा र स्वास्थ जस्ता आधारभुत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा यस्ता हर्कतबाट अभिभावक र विद्यार्थिहरु निरन्तर रुपमा मारमा परेका छन्। तर धेरै शुल्क लिने दोषी कलेजहरुलाई कारवाही गर्नेतर्फ सरकारको उदासीनता संशयपूर्ण छ', विज्ञप्तिमा भनिएको छ।

 

विद्यार्थी र अभिवावकलाई मर्का पर्नेगरी कदम चालेर बढी शुल्क लिने हकमा शुल्क फिर्ता गराउने कदम चाल्न सरकारसँग माग गरेको छ। पार्टीले तोकिएको भन्दा थप शुल्क लिने शैक्षिक संस्थाहरुको मनोमानी निरुत्साहित गर्न पनि सुझाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell