PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

भैरहवा पुगेर प्रम ओलीले भने: स्थानीय तहको पार्टी एकता आकस्मिक रुपमै टुंगिन्छ



भैरहवा पुगेर प्रम ओलीले भने: स्थानीय तहको पार्टी एकता आकस्मिक रुपमै टुंगिन्छ

भैरहवा: भैरहवा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन्।


भैरहवा विमानस्थलमा आज सञ्चारकर्मी संग प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका हुन्।

“चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्,” नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “स्थानीय तहको एकता पनि आकिस्मक रुपमा नै टुंगिनेछ।”


सीके राउतले विखण्डन छोडेर  विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए। “तर, विप्लव समूहले विध्वंसात्मक गतिविधि छाडेको छैन,’ प्रधानमन्त्रीको भनाई थियो, “विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशका हितमा छैनन्।”


प्रधानमन्त्रीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विमानस्थल सञ्चालन हुनासाथ पर्यटकको आगमन खचाखच हुने विश्वास व्यक्त गरे।


प्रधानमन्त्रीले आज नै विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell