PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

माया गुरुङको नेतृत्वमा 'ग्याल्जेन पिक' आरोहण तयारी पुरा, भोलि बिदाई



माया गुरुङको नेतृत्वमा 'ग्याल्जेन पिक' आरोहण तयारी पुरा, भोलि बिदाई

काठमाडौं: सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमश्रृंखलास्थित ग्याल्जेन पिकमा पहिलोपटक आरोहण हुने भएको छ। आज काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले आरोहणको तयारी पूरा भएको जानकारी दिए। 

सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा आरोहण टोली भोली जुगल गाउँपालिका पुग्दैछन्। शुक्रबार बिहान ३ बजे प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौड्यालले पर्यटन बोर्डबाट टोलीलाई बिदाइ गर्नेछन्।

जुगल हिमश्रृंखलाका २ दर्जन भन्दा बढी चुचुरामध्ये ६ हजार १ सय ५१ मि. उचाइको ग्याल्चेन पिक आरोहण हुन लाग्दा स्थानीय उत्साहित भएको जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठले जानकारी दिए।

विश्वमा सातै महादेशमा रहेका अग्ला हिमाल आरोहण गरिसकेकी माया सिन्धुपाल्चोक निवासी हुन्। आफ्नै जिल्लाको हिमालमा पहिलोपटक आरोहण गर्न पाउँदा खुसी लागेको उनले सुनाईन्।

आरोहण दलमा मायाको साथमा पूर्व सांसद सुभाष कर्माचार्य, माधव सापकोटा, शर्मिला थापा, मीनबहादुर लामा, तुल्सी गुरुङ, नरबहादुरी आस्थानी र दावा टाशी शेर्पा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell