PahiloPost

Mar 4, 2026 | २० फागुन २०८२

बार एसोसिएसनको अध्यक्षमा ने क पा निकट श्रेष्ठ विजयी, महासचिवमा कांग्रेस निकट लीलामणि



बार एसोसिएसनको अध्यक्षमा ने क पा निकट श्रेष्ठ विजयी, महासचिवमा कांग्रेस निकट लीलामणि
फोटो: facebook.com/chshrestha

काठमाडौं: कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्। आज साँझ मतगणना सकिएको हो।

चण्डेश्वर ४,०७७ मतकासाथ अध्यक्षमा विजयी भएका हुन्। उनका विपक्षी सुनिल पोखरेलले ३,८७३ मत प्राप्त गरे। 

महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रगतिशिलका सुरेन्द्र थापामगर  थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell