PahiloPost

Jun 16, 2019 | १ असार २०७६


बालुवाटारमा ‘मरिचिका’ विमोचित, प्रधानमन्त्री ओलीले गरे प्रशंसा


बालुवाटारमा ‘मरिचिका’ विमोचित, प्रधानमन्त्री ओलीले गरे प्रशंसा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले  साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन्।


प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज उक्त पुस्तक विमोचन गरेका हुन्।


आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे। “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ। उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो,” प्रधानमन्त्री ओलीले भने, “अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ।”


प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए। 



बालुवाटारमा ‘मरिचिका’ विमोचित, प्रधानमन्त्री ओलीले गरे प्रशंसा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट