PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

छिनो र हथौडा प्रयोग गरी पटके चोरले फोडे एटीएम, हिरासतभित्रकै चोरले दिए सम्पूर्ण जानकारी



छिनो र हथौडा प्रयोग गरी पटके चोरले फोडे एटीएम, हिरासतभित्रकै चोरले दिए सम्पूर्ण जानकारी

काठमाडौं: राजधानीमा विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने एक युवकलाई एटीएम फोडी चोरी गरेको अवस्थामा पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले मंगलबार राति तीनकुनेमा रहेको एनसिसी बैंकको एटीएम बुथ चोरी गरेको अवस्थामा पक्राउ गरेको बृत्तका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए। प्रहरीले रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङलाई पक्राउ गरेको छ। तामाङ यसअघि पनि चोरीमा पक्राउ परिसकेका पटके चोर भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

तामाङले बैंकका गार्ड माथिल्लो तलामा भएको समयमा एटीएमभित्र छिरेर पहिले सिसि क्यामरा फोडेर पैसा चोरी गर्न खोजेको देखिएको छ। तामाङले आफ्नो नामसमेत नबताएपछि बानेश्वर हिरासतमा भएका चोरहरुलाई सोध्दा सम्पूर्ण जानकारी दिएका थिए।' प्रारम्भिक अनुसन्धानमा उ मात्र नभएर अरु पनि समूहमा भएको हुनुपर्ने देखिन्छ,' डिएसपी काफ्लले भने।

तामाङले एटीएम फोड्न हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान बरामद गरेको प्रहरीले जनाएको छ। तामाङले एटीएम फोड्न प्रयोग भएको सामान ट्याक्टरबाट चोरेर ल्याएको र प्रयोग गरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell