PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

डाक्टरहरु सहमति निकट रहेकोले केही दिनमै समस्या सुल्टिन्छ : प्रवक्ता बास्कोटा



डाक्टरहरु सहमति निकट रहेकोले केही दिनमै समस्या सुल्टिन्छ : प्रवक्ता बास्कोटा

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले आन्दोलनमा रहेका सरकारी डाक्टरहरुसँग वार्ता सहमति नजिक पुगेको दाबी गरेका छन्। आज सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा नियमित पत्रकार सम्मेलनमा उक्त दाबी गरेका हुन्।

डाक्टरहरुले हड्ताल निषेधित क्षेत्रमा आन्दोलन गरेको प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भने, 'उहाँहरुका केही माग थिए। कुरा बुझाउनु वा बुझ्नुअघि हंगामा गर्नु नेपालको चलन हो। समायोजनको विषय हो। जहाँ जनता छ त्यहाँ सरकारी सेवा पुर्‍याउँनैपर्छ। उहाँहरुले त्यसखालको वर्दी लगाएर एकैचोटि हड्तालमा जानु राम्रो होइन।'

डाक्टरहरुको समस्याको समाधान कहिले त? जवाफमा उनले भने, 'केही विषयमा प्राविधिक हिसाबमा हामी सेतो कोट लगाएकोले खटाको ठाउँमा जान सक्दैन जनता यही आउनुपर्छ भन्ने हुँदैन। उहाँहरु सहमतिको निकटमा हुनुहुन्छ। एकदुई दिनमा टुंगिन्छ। जेनुयन समस्या समाधान गर्न सरकार तयार छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell