काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्यहरु नियुक्त गरेको छ। कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम प्रतिष्ठानको सदस्यमा शुक्रबार नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
१३ औं महाधिवेशनपछि नेतृत्वमा आएका देउवाले ३ वर्षपछि प्रतिष्ठान गठन गरेका हुन्। देउवाको कार्यकाल एक वर्षमात्र बाँकी रहेको अवस्थामा समिति गठन भएकोले पार्टी नीति निर्माण र अनुसन्धानमा निकै पछि पर्दै आएको बताइएको छ।
पार्टीभित्र शक्तिशाली विभागका रुपमा हेरिएको विभागको पहिलो नम्बरमा सभापति देउवापत्नी डा आरजु देउवा रहेकी छन्। त्यसैगरी विभागमा पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालदेखि नेविसंघका तत्कालीन कार्यवाहक सभापति रञ्जित कर्णसमेत अटाएका छन्।
यी हुन् निधिले नियुक्त गरेका प्रतिष्ठानका सदस्यहरु
१. डा. आरजु देउवा (डडेल्धुरा)
२. ध्रुव वाग्ले (तनहुँ)
३. डिकबहादुर लिम्बू (मोरङ)
४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)
६. सुभाष पोखरेल (खोटाङ)
७. रञ्जित कर्ण (सप्तरी)
८. मोख्तार अहमद (सिरहा)
९. मधु शाही (बारा)
१०. डा. सूर्य ढुंगेल (महोत्तरी)
११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)
१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)
१३. खिलानाथ दाहाल (ओखलढुंगा)
१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)
१५. केशव निरौला (मोरङ)
१६. छन्दबहादुर पहराई (गुल्मी)
१७. गेजा शर्मा वाग्ले (काठमाडौं)
१८. अमुदा श्रेष्ठ (काठमाडौँ)
१९. प्रसिस महरा (डोटी)
२०. किशोरदत्त बराल (कास्की)
२१. कमला लामिछाने (गोरखा)
२२. भगिरथ पोद्धार (झापा)
२३. राजकुमार नकर्मी (काठमाडौँ)
२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)
२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)
२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)
२७. राजु नेपाल (भक्तपुर)
२८. रामजी कंग्रेन (धनकुटा)
२९. लालबहादुर पुन (बाग्लुङ)
३०. शम्भु जोशी (दार्चुला)
३१. सरस्वती गुरुङ (कास्की)
३२. देविका नेपाली (दाङ)
३३. डोल्मा तामाङ (सोलुखुम्बु)
३४. कान्ता रिजाल (पाँचथर)
३५. मदन कट्टेल (रूपन्देही)
३६. सुष्मा तिवारी (पर्सा)
३७. बीरेन्द्र साह (सुनसरी)
३८. दीपक अधिकारी (सर्लाही)