PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विप्लव समूहका नगर सेक्रेटरी पक्राउ



विप्लव समूहका नगर सेक्रेटरी पक्राउ

कैलाली: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउन गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 
अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टका साथबाट पार्टी सङ्गठनको योजना र सङ्गठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्तका केही थान किताबसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। 

शनिबार बिहान पक्राउ परेका भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell