PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

संसदीय सुनुवाई समितिबाट प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सर्वसम्मत अनुमोदित



संसदीय सुनुवाई समितिबाट प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सर्वसम्मत अनुमोदित
फाइल फोटो

काठमाडौं: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संसदीय सुनुवाई समितिबाट सर्वसम्मत रुपमा अनुमोदित भएका छन्। आज सिंहदरबारस्थित सुनुवाई समितिको हलमा भएको बैठकले थपलियालाई सर्वसम्मत अनुमोदन गरेको हो।

सभापति लक्ष्मणलाल कर्णको उपस्थितिमा थपलियालाई सांसदहरुले भावी योजनाबारे प्रश्न गरेका थिए। समितिमा थपलियाले १० वटा कार्ययोजना पेश गरेका थिए।

यसैगरी समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझालाई पनि संसदीय सुनुवाईबाट सर्वसम्मत अनुमोदन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell