PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

३३ किलो सुनबारे सोधिएको प्रश्नमा सरकारका प्रवक्ताले भने: यहाँ त ३८ क्विन्टल नै बेपत्ता भएको रहेछ नि!



३३ किलो सुनबारे सोधिएको प्रश्नमा सरकारका प्रवक्ताले भने: यहाँ त ३८ क्विन्टल नै बेपत्ता भएको रहेछ नि!
फाइल फोटो

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ३३ किलो सुनबारे सोधिएको प्रश्नको जवाफमा देशमा ३८ क्विन्टल सुन नै गायब भएको बताएका छन्।

सिंहदरबारस्थित सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै मन्त्री बास्कोटाले उक्त भनाई राखेका हुन्।

प्रवक्ता बास्कोटाले भने, '३३ किलो सुनको कतिपल्ट भन्ने? एउटा ३३ किलो इन्डिया पुगेर समात्या छ। यो ३३ किलोको कुरा। ३८ क्विन्टल नै बेपत्ता भएको रहेछ नि विगतमा। यस्तो कनेक्सन नै ध्वस्त पार्ने अभियानमा हामी लागेका छौ।'

कुनै पनि प्रकारको अपराधप्रति सरकार सहनशील हुनेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell