PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अपडेट: श्रीलंकाका चर्च र होटलमा बम आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघ्यो



अपडेट: श्रीलंकाका चर्च र होटलमा बम आक्रमणमा परी मृत्यु हुनेको संख्या १०० नाघ्यो

श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलावद्ध बम विस्फोट  हुँदा मृत्यु हुनेको संख्या १०० नाघेको छ।

श्रीलंकाली अनलाइन पोर्टल सन्डे टाइम्सले ४५० जना घाइते भएको र धेरै जसोलाई उपचारका लागि अस्पतालमा लगिएको उल्लेख गरेको छ।

इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरु र होटलहरुलाई निशाना बनाइ आक्रमण भएको हो।

मृत्यु हुनेमा विदेशी नागरिकसमेत रहेको र उद्धारकार्य जारी रहेको श्रीलंकाली आर्थिक मामिला मन्त्री हर्ष डे सिल्भाले बताएको अलजजीराले उल्लेख गरेको छ।

लंकादिपाका अनुसार ६ स्थानमा स्थानीय समय अनुसार बिहान ८:४५ बजे एकैसाथ शृङ्खलावद्ध बम विस्फोट भएको थियो।

इस्टर मनाउन जम्मा हुँदै गर्दा कोलम्बोको कोटाहेना सेन्ट एन्थोनी चर्च,  नेगोम्बाको सेन्ट एन्थोनी चर्च, र सेन्ट सेबास्टियन चर्चमा विस्फोट भएको थियो। यस्तै,  कोलम्बोको किङ्ग्सबरी होटल, साङ्ग्रिला होटल र सिनामन ग्रान्ड होटलमा समेत बिस्फोट भएको थियो।

कोलोम्बो पेजले भने बट्टीकालाओमा रहेको जिअन चर्चमा समेत विस्फोटको आवाज सुनिएको उल्लेख गरेको छ।

प्रहरीले विस्फोट भएको स्थानबाट सर्वसाधारणलाई टाढा रहन आग्रह गर्दै शान्ति सुव्यवस्था कायम राख्न अनुरोध गरेको छ। 

श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले आम नागरिकहरुलाई शान्त रहन र अधिकारीहरुलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। यस्तै प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले आपत्तकालिन बैठकको नेतृत्व गरिरहेको बताइएको छ। घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell