PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

श्रीलंकाका समकक्षीलाई टेलिफोनमार्फत प्रधानमन्त्री ओलीले दिए समवेदना



श्रीलंकाका समकक्षीलाई टेलिफोनमार्फत प्रधानमन्त्री ओलीले दिए समवेदना
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री रानील विक्रमा सिंघेलाई टेलिफोन गरी समवेदना प्रकट गरेका छन्। आज विहान श्रीलंकाको राजधानी कोलम्बोमा श्रृङ्खलाबद्ध विस्फोट हुँदा मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रीलंकाली जनतालाई समवेदना प्रकट गरेका छन्।
 
टेलिफोन गर्दै प्रधानमन्त्री ओलीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

श्रीलंकामा भएको आतंककारी विस्फोटको नेपालले निन्दा गरेको छ। प्रधानमन्त्री ओलीले नेपाली जनता यतिवेला श्रीलंकाली जनताको साथमा रहेको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell