PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यसलाई आइजी बनाइदिएको, यसले काम गरेन भनेर चित्त दुखाउनुपर्ने ठाउँ छैन : महानिरीक्षक खनाल



यसलाई आइजी बनाइदिएको, यसले काम गरेन भनेर चित्त दुखाउनुपर्ने ठाउँ छैन : महानिरीक्षक खनाल

काठमाडौं: महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो एकवर्षे कार्यकाल सफल भएको दाबी गरे। सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा एक वर्षे प्रगतिबारे जानकारी दिँदै महानिरीक्षक खनालले कसैले चित्त दुखाउने गरी कार्यकाल नविताएको दाबी गरेका हुन्। 

'यसलाइ आइजी बनाइदिएको, यसले गरेन भनेर त्यस्तो चित्त दुखाउनुपर्ने ठाउँ छ जस्तो लाग्दैन। सबैले विगारेको कुरा आइजीले बिगारेको हो भन्नु काही तर्क संगत हो वा न्याय हुन्छ कि हुदैन? महानिरिक्षक खनालले भने।

महानिरिक्षक खनालले आफ्नो कार्यकाल नसकिएकाले आफ्नो कार्यकालमा भएका केही घटनाको अनुसन्धान टुंगोमा पुर्‍याउन लागि परेकोसमेत बताए। कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको अनुसन्धानमा प्रहरी लागि परेको उनको भनाई थियो। 

महानिरिक्षक खनालले केही प्रहरीको गल्तीको कारण अनुसन्धान प्रभावित भएको उल्लेख गर्दै भने,' आइजीको समय सकिएको छैन। बाँकी छ। निर्मला पन्तको विषयमा जसरी आएको छैन भनिएको छ। लागि परिरहेका छौं। केही गाह्रो पनि भयो। प्रहरीबाट कमजोरी भएकाले कारबाही पनि गर्‍यो। अपराधीले मुक्ति पाउनेछैन।'

खनालले आफ्नो एकवर्षे कार्यकालमा गुन्डागर्दी नियन्त्रण, शान्तिसुरक्षा कायम, अन्तरार्ष्ट्रिय स्तरमा प्रहरीको सम्बन्ध विकासलगायत काममा सफलता हात पारेको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell