PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संसद भवन नजिकै नवीना लामाको रेस्टुरेन्ट: मार्सीको भातदेखि कालिजको मासुसम्म पस्कँदै



संसद भवन नजिकै नवीना लामाको रेस्टुरेन्ट: मार्सीको भातदेखि कालिजको मासुसम्म पस्कँदै

काठमाडौं: सांसद नवीना लामासहित पाँच बहिनी मिलेर मीनभवन चोकमा 'रिमठिम रेस्टुरेन्ट' सञ्चालनमा ल्याउने भएका छन्।

स्थानीय खाना पस्कने गरी सञ्चालनमा आउन लागेको रेस्टुरेन्ट यही बैशाख १५ गते बाट औपचारिक रुपमा शुरु हुने छ।

अनेरस्ववियुकी अध्यक्षसमेत रहेकी लामाको नेतृत्वमा सचिव आरती लामा र विद्यार्थी नेताहरु कल्पना वाइबा, आश्मा क्षेत्री र अवानी पौडेलको लगानीमा रेस्टुरेन्ट सञ्चालनमा आउन लागेको हो।

रेस्टुरेन्टमा रामेछापदेखि जुम्लामा उत्पादन हुने स्थानीय उत्पादनका परिकार पस्कने तयारीमा रहेको सांसद लामाले जानकारी दिइन्।

'यहाँ फापरको रोटीदेखि कालिजको मासुसम्म पाइनेछ। विशेषगरी स्थानीय उत्पादनलाई हामी प्राथमिकतामा राख्नेछौ,' उनले भनिन्।

मार्सी चामलको भातदेखि अर्गानिक कफी र जुस पनि मेनुमा राखिने उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell