PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु; पति फरार, सासु प्रहरी नियन्त्रणमा



स्वेच्छा राउत

जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु; पति फरार, सासु प्रहरी नियन्त्रणमा

काठमाडौं: सिरहामा मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहका एसपी जीवन श्रेष्ठका अनुसार घरायसी विवादमा आफूलाई पतिले आगो लगाएको बयान कञ्चनले दिएकी छिन्।पति बेचन फरार छन्।

पतिको खोजी भइरहेको एसपी श्रेष्ठले बताए।

'पीडितले बयान दिएका कारण हामीले पतिको खोजी गरिरहेका छौं। उनी अहिलेसम्म फरार रहेका छन्,' उनले भने।

साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको साँझ ५ बजे मृत्यु भएको डाक्टर रोजिना शिल्पकारले पुष्टि गरिन्।

घटनामा सासुको समेत संलग्नता भएको बयान दिएपछि प्रहरीले सासुलाई समेत नियन्त्रणा लिएको छ।

'हामीले सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं। घटनाको थप अनुसन्धान भइरहेको छ,' एसपी श्रेष्ठले भने।

डाक्टर शिल्पकारले कञ्चनाको ८५ प्रतिशत शरीर जलेको देखिएको बताइन्। अस्पताल ढिला आइपुगेका कारण बचाउन नसकिएको उनको भनाइ थियो।

बिहीबार बिहान आगो लगाएलगत्तै कञ्चनलाई बीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको थियो। शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारको लागि राति अबेर एम्बुलेन्सबाट काठमाडौं पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell