PahiloPost

Jan 28, 2025 | १५ माघ २०८१

बेइजिङमा राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर': चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो, के के भयो सम्झौता?



बेइजिङमा राष्ट्रपति भण्डारीलाई 'गार्ड अफ अनर': चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो, के के भयो सम्झौता?

काठमाडौं: चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजधानी बेइजिङमा राजकीय सम्मान प्रदान गरेको छ।

बेल्ट एण्ड रोड फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेकी राष्ट्रपति भण्डारीको आजदेखि चीनको राजकीय भ्रमण सुरु भएको छ। राष्ट्रपति भण्डारीलाई बेइजिङमा त्यहाँको जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।

आजै साँझ चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्धको विषयमा चर्चा भएको थियो। भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपालको एक चीन नीति प्रतिको प्रतिवद्धतालाई दोहोर्‍याउँदै नेपाली भूमि चीनको विरुद्‍धमा प्रयोग हुन नदिने प्रतिवद्धता दोहोर्‍याएकी थिइन्।

साथै भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएकी छिन्।

यसैबीच दुई राष्ट्रपतिबीच वान अन वान वार्तापछि दुई देशका अधिकारीहरुबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तापछि दुई देशबीच व्यापार तथा पारवहान सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्रीले हस्ताक्षर गर्नुभएको छ । सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर भएको हो। प्रोटोकलमा हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका चार सामुद्रिक र तीन सुख्खा बन्दरगाह गरी सात वटा चिनियाँ बन्दरगाहको प्रयोग गर्न पाउने छ।

नेपाल चीनबीच सांस्कृतिक आदानप्रदान तथा साझेदारी सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ। त्यस्तै बेल्ट एण्ड रोड इनर्जी पार्टनसिप,  नापतौल तथा गुणस्तर सम्बन्धी समझदारी,  वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सम्झौता तथा नेपाल बीआरआई ट्याक्स एड्मिनिस्ट्रेसन मेकानिजमको संस्थापक सदस्य बन्ने समझदारीपत्रमा समेत हस्ताक्षर भएको बताइएको छ।

त्यस्तै दुई देशबीच आर्थिक र प्राविधिक सहयोग सम्बन्धी सहमति पत्रमासमेत हस्तक्षर भएको छ। नेपालको उत्तरी क्षेत्रमा चिनियाँ सीमा क्षेत्रका बासिन्दाको जीवनस्तर सुधारमा चिनियाँ सहयोग सम्बन्धी सहमति पत्रमासमेत हस्ताक्षर भएको छ। यसैबीच दुई देशबीच भन्सार सुधारका लागि द्विपक्षीय सहयोग सम्बन्धी समझदारीसमेत भएको छ।

यता चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली निकाय पाँच सदस्यीय स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीसँग पनि राष्ट्रपति भण्डारीले भेटवार्ता गरेकी छिन्। लेजीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका गरेका थिए। सो कार्यक्रममा चिनियाँ राष्ट्रपति सिकोसमेत उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell