काठमाडौं: वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी बैशाख ३० गते ९९ वर्ष पुरा गरी १०० वर्षमा प्रवेश गर्दैछन्।
ललितपुर महानगरपालिकाले जोशीको जन्मशताब्दीको अवसरमा वर्ष भरी विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
वैशाख ३० गते ललितपुर महानगरपालिले आफ्नो मातहका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिँदै जोशीलाई नगर परिक्रमा गराउने कार्यक्रम रहेको जनाएको छ।
सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा महानगर प्राङ्गणमा जोशीलाई विशेष सम्मान दिइने महानगरले जनाएको छ।
ललितपुर महानगरमा १०० वर्ष पूरा गरेका सबै ज्येष्ठ नागरिकहरुलाई सोही दिन सम्मान गर्दै दिपावली गरिनेछ।
महानगरले जोशीको सम्मानमा हुलाक टिकट, सरकारसँग समन्यव गरी चाँदीको सिक्का प्रकाशन गरिनुका साथै उनलाई गोसाइकुण्डको यात्रा गराउनेसमेत कार्यक्रम रहेको छ।
जोशीको बारेमा अभिलेख राख्दै उनको प्रतिमा सहित महानगर भित्र पार्कसमेत निर्माण गरिनेछ।