फ्लोरिडा: अमेरिकाको फ्लोरिडामा रहेको एक नदीमा बोइङ ७३७ विमान दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
१३६ यात्रु र सात विमानका सदस्य गरी १४३ जना रहेको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर सेन्ट जोन्स नदीमा दुर्घटना भएको हो। उक्त विमान क्युवाको ग्वाटानामो बे बाट फ्लोरिडाको ज्याकसन भिल्लामा रहेको नाभल एयर स्टेशनतर्फ आइरहेको थियो।
#JSO Marine Unit was called to assist @NASJax_ in reference to a commercial airplane in shallow water. The plane was not submerged. Every person is alive and accounted for. pic.twitter.com/4n1Fyu5nTS
— Jax Sheriff's Office (@JSOPIO) May 4, 2019
अधिकारीहरुले विमान नदीमा दुर्घटना हुने बित्तिकै उद्धार कार्य सुरु गरेका थिए।
नदीमा विमान खसे पनि विमान नडुबेको र ठूलो दुर्घटना नभएको भन्दै अधिकारीहरुले आश्चर्य चकित भएको बताएका छन्।