PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अस्पतालबाट आफ्नो बच्चा नलागेपछि पूर्वसभासद् साह पक्राउ



अस्पतालबाट आफ्नो बच्चा नलागेपछि पूर्वसभासद् साह पक्राउ

काठमाडौं: पूर्वसभासद् गायत्री साह पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले साहलाई नियन्त्रणमा लिएको हो। साहले आफ्नो बच्चा लिन अस्वीकार गरेपछि अदालतको आदेशमा उनका श्रीमान् विश्वनाथप्रसादसहित नियन्त्रणमा लिएको परिसरका डिएसपी नारायण चिमरीयाले जानकारी दिए। 

साह गत फागुन २८ गते साह ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएकी थिइन्।

दिउँसो करिब २ बजेर २३ मिनेटमा बच्चाको जन्म भएको थियो। बच्चा अस्पतालको लापरवाहीका कारण बिरामी भएको साह दम्पतिको आरोप छ।अस्पतालले पटक पटक बच्चा लिन आग्रह गर्दा पनि साहले बच्चा लिन अस्वीकार गरेपछि अस्पतालले प्रहरीमा उजुरी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell