1.jpg)
काठमाडौं: संघीय समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जुवाको काँध फेरिए झैं आफ्नो पार्टीले नयाँ शक्तिसँग एकता गरी काँध फेर्न लागेको बताएका छन्। दुई पार्टीको एकता गर्न कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकतापछिको पार्टीले सिंहदरवारमा जनताको झण्डा गाड्ने बताए।
श्रेष्ठले भने, 'जुवाको काँध फेर्नुपर्छ। गाँउघरमा गोरुले जोतेन भने जुवाको काँध फेर्नु पर्छ। अब समाजवादी पार्टी ले काँध फेर्छ।'
पुरातनवादी पार्टी भन्दा फरक शैलीमा अघि बढ्ने उल्लेख गर्दै उनले विचार संगठन र कार्यशैलीमा पनि नयाँ हुने दाबी गरे।
भने, 'नेपालमा दुई वटा समाजवादी धार देखियो। काँग्रेसले समृद्धि र सुशासन दिन सकेन। ने क पामा केन्द्रीकृत मानसिकता छ। यस्तो अवस्थामा काँग्रेस र कम्युनिस्ट भनेको थारो गाई हुन्। थारो गाईलाई दूध दिन्छ कि दूध दिन्छ भनेर अब गौमाता भनेर पुजेर बस्ने दिन गए। अब नयाँ पार्टी जन्मियो। समावेशी र सहभागितामुलक पार्टी जन्मिएको छ।'
सात च्याप्टर घोषणापत्र समेत तयार भइसकेको उल्लेख गर्दै उनले नयाँ पार्टी पहिचान र अधिकार सहितको शासन प्रणालीमा जाने बताए।