PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित



कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरिएको प्रश्नका विषयमा संसदमा विवाद भएको थियो।
 
त्यसपछि कांग्रेसले संसदमा नारावाजी गरेका थिए। नारावाजीकै बीच नीति तथा कार्यक्रम पारित भएको हो।

आजको संसदमा संशोधन दर्ता कर्ता सांसदले फिर्ता लिने वा नलिने विषयमा जानकारी नगराउँदा समेत सभामुखले संशोधन निर्णयार्थ प्रस्तुत गरेका थिए।
 
राजपाका सांसद लक्ष्मण लालकर्ण र चन्दा चौधरीले आफ्नो संशोधन प्रस्ताव बारे केही बोलेनन्। उनीहरुले संसद सहज अवस्थामा भए मात्र आफ्नो जवाफ दिने बताएका थिए।
तर, सभामुखले उक्त संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell