जनकपुर: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीका दुई अध्यक्षमध्ये केपी ओली गैरजिम्मेवार र अर्को अध्यक्ष पुष्पकमल दाहाल लोकतन्त्रमा विश्वास नगर्ने नेता भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको आजबाट शुरु भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रदेश नम्बर दुईको जनकपुरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै पौडेलले ओली गैरजिम्मेवार भएको संसदमा उनले दिने गरेका अभिव्यक्तिले प्रमाणित भएको बताए। उनले भने, ‘मुलुकको प्रधानमन्त्री अनि जिम्मेवार नेताले संसदमा त्यसप्रकारको अभिव्यक्ति दिदैनन्।’
उनले प्रचण्डलाई लोकतन्त्रप्रति विश्वास अझै नभएको बताए। पौडेलले प्रचण्डलाई लोकतन्त्रप्रति विश्वास नभएका कारण नै अझै जंगल जाने अभिव्यक्ति दिने गरेको बताए। पौडेलले मधेशी नेताहरु मधेशप्रति सबैभन्दा अनुदार केपी ओलीको चाकडीमा पुगेको बताए। उनले भने,‘मधेशका सबैभन्दा बढी नै अनुदार केपी ओलीको चाकडीमा किन पुगे। अब मधेशी जनताले हिसाब किताब खोज्ने बेला भएको छ।'