PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राजकुमार ह्यारी र मेगनका शिशुको सट्टा बाँदर राखेपछि बीबीसीका रेडियो संचालकको जागिर चट्



राजकुमार ह्यारी र मेगनका शिशुको सट्टा बाँदर राखेपछि बीबीसीका रेडियो संचालकको जागिर चट्
फोटो: mailonline.com

लन्डन: बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले बुधवार आफ्नो नवजात शिशुलाई सार्वजनिक गरे। शाही परिवारको नयाँ सदस्यलाई शुभकामना दिनेको ओइरो लाग्यो।

आफ्नो शिशुसँग पहिलोपटक मिडिया सामू आएको केही बेरमा बीबीसीमा कार्यरत एक रेडियो कार्यक्रम संचालक डेनी बेकरले पनि सामाजिक संजालमा एउटा तस्विर राखि लेखे 'रोयल बेबी लिभ्स हस्पिटल' अर्थात शाही शिशु अस्पतालबाट बाहिरिए।

त्यही तस्विरका कारण बेकरले आफ्नो जागिर नै गुमाउनु पर्‍यो। 

उनले पोस्ट गरेको तस्विरमा न त ह्यारी थिए न मेगन। अझ शिशुको सट्टा तस्विरमा बाँदर थियो।

सामाजिक संजालमा उनले पोस्ट गरेको तस्विरलाई 'नश्लवादी' को संज्ञा दिँदै धेरैले विरोध गरे।

उनले आज आफ्नो ट्वीटरबाट 'बीबीसी रेडियो फाइभ लाइभ'ले आफूलाई बर्खास्त गरेको बताउँदै बीबीसीको विरोध गरेका छन्।

बीबीसीले पनि बेकरलाई हटाएको स्वीकार गर्दै भनेको छ,'उनले गरेको टिप्पणी उचित थिएन। त्यो हाम्रो स्टेशनको मूल्य मान्यताविरुद्ध रहेको छ। बेकर उत्कृष्ट रेडियो कार्यक्रम संचालक भएपनि उनी अब हामीसँग सहकार्य गर्ने छैनन्।'

बेकरले भने आफू 'नश्लवादी' नभएको भन्दै आफ्नै मूर्खतामा छक्क परेको' तर्क गरेका छन्।

मेल अनलाइनसँगको कुरामा उनले आफूले ठट्टाका रुपमा बाँदर भएको फोटो हालेको र त्यसको विरोध हुने बित्तिकै हटाएको बताएका छन्।

आफूले भूलवश गल्ती गरेको भन्दै उनले आफूले क्षमा मागी सकेको बताएका छन्।  

बेकरले बाँदर भएको तस्विर राखेपछि ट्वीटर प्रयोगकर्ताहरुले बीबीसीसँग उनलाई  हटाउन माग गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell