PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री ओलीलाई हानोईमा गार्ड अफ अनर: दुई पक्षीय वार्ता, तीन सहमति



प्रधानमन्त्री ओलीलाई हानोईमा गार्ड अफ अनर: दुई पक्षीय वार्ता, तीन सहमति
फोटो: VNA

काठमाडौं: भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँको राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ।

त्यहाँका प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। उनको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ।

यसैबीच दुई समकक्षीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशबीचको सम्बन्धका साथै साझेदारीको विषयमा छलफल भएको बताइएको छ।

छलफलपछि दुई देशबीच कुटनीतिक तथा विशेषा राहदानी बहाकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका हुन्।

त्यस्तै  दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन लेटर अफ इन्टेन्ट(आसयपत्र)मा दुई देशका उद्योग मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा हस्ताक्षरसँगै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा गएका हुन्। प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पहिलो पटक दक्षिण पूर्वी एसियाको भ्रमण पनि हो।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

भेटवार्ताका क्रममा दुई देशबीचको पराम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउँदै उच्चस्तरीय भ्रमण तथा छलफलहरु बढाउँदै लैजाने विषयमा छलफल भएको थियो। त्यस्तै दुबै देशबीच जनसम्बन्ध बढाउन क्रियाकलाप गर्ने तथा २०२० मा कुटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्षगाँठ मनाउने विषयमा छलफल भएको छ।

त्यस्तै छलफलका क्रममा नेपाल कम्युनिस्ट पार्टी र भियतनाम कम्युनिस्ट पार्टीबीच आगामी दिनमा सम्बन्धलाई प्रगाढ बढाउँदै लैजाने सहमति भएको भियतनाम न्यूजले जनाएको छ। नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनेको छ। भियनताममा पनि कम्युनिस्ट पार्टीको सरकार छ। 

छलफलका क्रममा दुबै देशका सम्बन्धित अधिकारीहरुलाई साझेदारीका नयाँ सम्भावना, नतिजामुखी आर्थिक, व्यापार तथा लगानी साझदारीका संयन्त्रको तथा दुबै देशका नीति क्षेत्रलाई साझेदारीको वातवरणका विषयमा अध्ययन गर्न निर्देशन दिने दुई नेताबीच सहमति भएको छ।

त्यस्तै भियतनामका प्रधानमन्त्रीले त्यहाँका लगानीकर्ताहरु नेपालको उर्जा, पूर्वाधार तथा दुरसञ्चारमा लगानी गर्न चाहेको भन्दै त्यसका लागि सहयोग गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले नेपाली उत्पादनलाई भियतनाममा प्रवेश गराउन आग्रह गरेका थिए।

दुबै नेताले कृषि क्षेत्रको विकास खुला बजारको विषयमा छलफल गरेका थिए। चामल, व्लाक पेपर, रवर तथा फलफुलको उत्पादनका लागि कृषि क्षेत्रमा साझेदारी तथा अनुभवको आदानप्रदानका विषयमा छलफल भएको थियो।

छलफलका क्रममा दुई नेताबीच पर्यटन, संस्कृति, सूचना प्रविधि, उडड्यनका क्षेत्रमा साझेदारीका विषयमा छलफल भएको थियो। भियतनामले भियतनाम नेपाल फ्रेण्डिसिप एसोसिएसन गठनको कार्यलाई तीब्रता दिने सहमति जनाएको छ।

भियतनामका प्रधानमन्त्रीले नेपाल सरकारलाई भियतनामका नागरिकलाई नेपालमा काम गर्न सहयोग गर्न आग्रह गरेका थिए। त्यस्तै दुई नेताबीच अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग र साझेदारीलाई बढाउँदै लैजाने विषयमा छलफल भएको थियो। त्यहाँका प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को वर्ष २०२०-२१ को लागि सदस्यमा नेपालले समर्थन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।

भेटमा नेपालको पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्न भियतनामी पक्षसँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell