PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

इलाम वाणिज्य संघमा कांग्रेस निकट प्यानलको वर्चश्व



इलाम वाणिज्य संघमा कांग्रेस निकट प्यानलको वर्चश्व

इलाम: इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा इश्वर चिपालू निर्वाचित भएका छन्। प्रगतिशिल प्यानलका देवेन्द्र शंकरलाई झन्डै दोब्बर मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

आठौं अधिवेशन कांग्रेस निकट प्रजातान्त्रिक समूहको प्यानलै विजयी भएको कांग्रेसबाट संविधानसभा सदस्यसमेत रहेका नगेन्द्र कुमालले जानकारी दिए।

वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा श्रेष्ठ (मदन) र महिला उपाध्यक्षमा अनुजा गजुरेल सुवेदी निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराजलवट विजयी भए।

यता महिला सदस्य ३ जनामा खिनामाया बस्नेत देवीकला पोखरेल निरौला र दिपा गुरुङ निर्वाचित भए।

खुल्ला सदस्य ५ जनामा कर्णबहादुर साम्पाङ, बालकुमार श्रेष्ठ, देवीप्रसाद पौडेल, सुमन दास र सुमन धर्मेन्द्र सुवेदी विजयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell