PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दिलिप योञ्जनको एल्बम र मुक्तक संग्रह सार्वजनिक



दिलिप योञ्जनको एल्बम र मुक्तक संग्रह सार्वजनिक

दिलिप योञ्जन तामाङको गीति एल्बम र मुक्तक संग्रह एकसाथ सार्वजनिक भएका छन्।

गीति एल्बम ‘अनुराग’ र मुक्तक संग्रह ‘अविरल’ शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो।

वरिष्ठ संगीतकार शक्तिबल्लव, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापा लगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्तरुपमा विमोचन गरेका हुन्।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले तामाङद्धारा लिखित मुक्तक संग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए।

‘अनुराग’ गीति संग्रहमा समावेश तीन फरक गीतहरुमा गायक सन्तोष लामा, राजेश पायल राई र श्रेयसी चेम्जोङको आवाज रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell