PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हिन्दु महासभाले मनायो महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसेको जन्म जयन्ती



हिन्दु महासभाले मनायो महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोडसेको जन्म जयन्ती
फोटो: द वायर

नयाँ दिल्ली: हिन्दु महासभाले महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको जन्म जयन्ती मनाएको छ।

गोड्सेले गान्धीले भारतलाई टुक्रा गरेको भन्दै ३० जनवरी १९४८ मा गोली चलाएर गान्धीको हत्या गरेका थिए।  

भारतमा राष्ट्रपिताका रुपमा रहेका महात्मा गान्धीको हत्यारालाई नै हिन्दु महासभाले औपचारिक कार्यक्रम गरी मनाएपछि त्यसको विरोध भएको छ।

हिन्दु महासभाका उपाध्यक्ष जयवीर भारद्वाजले १९४७ म देशको विभाजन नभएको भए भारत विश्वको सबैभन्दा ठूलो राष्ट्र हुने भन्दै विभाजनको कारण गान्धी रहेको बताए। उनले गोड्सेले धर्मको रक्षाका लागि गान्धीको हत्या गरेको समेत तर्क गरे।

हिन्दु महासभाले ग्वालियरमा स्थापना गरेको गोडसेको प्रतिमा प्रशासनले लगेको भन्दै प्रतिमा फिर्ता गर्न मागसमेत गरेको छ। २०१७ मा महासभाको ग्वालियरस्थित कार्यालयमा बनाइएको गोड्सेको प्रतिमा प्रशासनले हटाएको थियो। महासभाले १५ नभेम्बरसम्म गोड्सेको प्रतिमा फिर्ता नगरे कार्यालयमा अर्को प्रतिमा स्थापना गर्नेसमेत बताएको छ।

महासभाले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र पठाउँदै दिल्लीमा रहेको राजघाट भत्काउन मागसमेत गरेका छन्। 

केही दिनअघि भारतीय जनता पार्टीकी नेतृ साध्वी प्रज्ञाले गोड्सेको समर्थन गरेकी थिइन्। उनको प्रतिक्रियाको विरोध भएपछि भाजपाले उनीसँग स्पष्टीकरण सोधेको थियो। भाजपाका कयौं नेता कार्यकर्ताहरु गोड्सेको समर्थनमा विवादित बयान दिइरहन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell