PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसले गठन गर्‍यो छाया सरकार: २१ मन्त्रालयमा ५८ सांसदलाई जिम्मेवारी



कांग्रेसले गठन गर्‍यो छाया सरकार: २१ मन्त्रालयमा ५८ सांसदलाई जिम्मेवारी

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २१ सदस्यीय छाया सरकार गठन गरेको छ। प्रतिपक्षी दलको नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारस्थित दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले छाया सरकार गठन गरेको हो।

सरकारको काम कारबाहीलाई अनुगमन गर्न छाया सरकार गठन गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकार गठन गरिएको उनले बताए।

प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षमा २३ र समानुपातिक ४० गरी ६३ सांसद छन् भने राष्ट्रिय सभामा १३ सांसद रहेका छन्।

यी हुन् मन्त्रालयका संयोजक र सदस्य

१. अर्थ मन्त्रालय
डा मीनेन्द्र रिजाल, संयोजक
मीना पाण्डे
विनोद कुमार चौधरी

२. गृह मन्त्रालय
दिलेन्द्रप्रसाद बडू , संयोजक
रमेशजंग रायमाझी
महेन्द्रकुमारी लिम्वू

३. उर्जा, जलस्रोत तथा सिंचाई
ज्ञानेन्द्रबहादुर कार्की, संयोजक
सत्यनारायण खनाल
ज्ञानकुमारी छन्त्याल

४ परराष्ट्र मन्त्रालय
डा. नारायण खड्का, संयोजक
डा. अमेरशकुमार सिंह
दिव्यमणी राजभण्डारी

५. शहरी विकास मन्त्रालय
उमाकान्त चौधरी, संयोजक
मीनाक्षी झा
रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय
किशोरसिंह राठौर, संयोजक
रंगमति शाही
दुर्गा प्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मीनबहादुर विश्वकर्मा, संयोजक
विन्दा देवी आले राना
कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गगन थापा, संयोजक
उमेश श्रेष्ठ
नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय
सुजाता परियार, संयोजक
मीना सुब्बा
नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या
पार्वता डि.सी. चौधरी, संयोजक
सीताराम महतो
मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
देवेन्द्रराज कण्डेल, संयोजक
प्रकाश स्नेही रसाइली
प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
डा. डिला संग्रौला पन्त, संयोजक
प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि
बहादुरसिंह लामा, संयोजक
सूर्यबहादुर केसी
विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लक्ष्मी परियार , संयोजक
प्रमोद कुमार यादव
स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अतहर कमाल मुसलमान, संयोजक
तेजुलाल चौधरी
धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
पद्मनारायण चौधरी, संयोजक
अनिता देवकोटा
सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
उमा रेग्मी , संयोजक
लालकाजी गुरुङ्ग
हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय
भिसेनदास प्रधान, संयोजक
अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सञ्जय गौतम, संयोजक
जीप छिरिङ लामा
देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय
राजेन्द्र कुमार के.सी., संयोजक
मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
राधेश्याम अधिकारी, संयोजक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell