PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कान्स रेड कार्पेटमा बलिउड अभिनेत्रीहरुको पहिरनको चर्चा



कान्स रेड कार्पेटमा बलिउड अभिनेत्रीहरुको पहिरनको चर्चा

७२ औं अन्तराष्ट्रिय कान्स फिल्म फेस्टिभल २०१९, मे १४ देखि सुरु भएको छ। यसै अवसरमा कान्स रेड कार्पेटमा सहभागी हुन बलिउड र हलिउडका कलाकारहरु फ्रान्स पुगिसकेका छन् ।

यसपटक नेपालको प्रतिनिधित्व गर्दैै अभिनेत्री प्रियांका कार्की पनि पहिलो पटक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा पुगेकी छिन् ।

बलिउडबाट अभिनेत्री ऐश्वर्य राय, प्रियांका चोपडा, सोनम कपुर, कंगना रनावत, दीपिका पादुकोण, मल्लिका शेरावत लगायतले कान्समा सहभागीता जनाइरहेका छन्। ऐश्र्वय राय छोरी आराध्यासँग फ्रान्स पुगेकी छिन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

For the @chopard #lanuitdesrois dinner party in @abujanisandeepkhosla

A post shared by Sonam K Ahuja (@sonamkapoor) on

अहिले कान्सको रेड कार्पेटमा बलिउड अभिनेत्रीहरुको जादु चलिरहेको छ भन्दा फरक नपर्ला। उनीहरुले रेड कार्पेटमा वाक गरेका तस्विरहरु सामाजिक सञ्जाल भरि नै छाएको छ।

गत शनिबार 'देसीगर्ल' प्रियांका चोपडा पति निक जोनासको साथमा रेड कार्पेटमा रोयल लुक्समा उत्रेकी थिइन्। सामाजिक सञ्जालमा सार्वजनिक उक्त तस्विरलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। प्रियांका चोपडा कान्समा पहिलो पटक पुगेकी हुन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Riviera romance

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

 

रेड कार्पेटमा हेरक अभिनेत्रीहरु फरक-फरक अन्दाजमा प्रस्तुत भएका छन्। ऐश्वर्या राय भने हरेक वर्ष कान्स फिल्म फेस्टिभलमा पुग्ने गर्दछिन्। सोमबार ऐश्वर्यले 'स्टाइलिस गोल्डेन, अफ सोल्डर गाउन' लगाएर रेड कार्पेटमा वाक गरेकी छिन्। उनको आर्कषक पहिरनले सबैको ध्यान खिचेको थियो।

 

सोनम कपुर पनि गोल्डेन गाउनमा कान्समा वाक गर्दैछिन।

त्यस्तै अभिनेत्री कंगना रनावटले पनि शुक्रबार कान्स रेड कार्पेटमा सहभागी जनाएकी थिइन्। उनी रेड कार्पेटमा पिंक ड्रेससमा पुगेकी थिइन्। उनले रेड कार्पेटको लागि माइकल सिन्कोको पिंक गाउन लगाएकी थिइन्।

त्यस्तै मल्लिका शेरावतले पनि कान्समा उपस्थिति जनाएकी छन्  पहिलो दिन मल्लिका शेरावत खरानी कलरको लामो गाउनमा ग्लयामरस लुक्स्मा रेड कार्पेटमा उत्रेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell