PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पहिलो पटक नेपालबाट कान्स फिल्म फेस्टिभलमा पुगेकी प्रियंकाको गोल्डेन लुक



पहिलो पटक नेपालबाट कान्स फिल्म फेस्टिभलमा पुगेकी प्रियंकाको गोल्डेन लुक

अहिले कान्स फिल्म फेस्टिभल २०१९ को चर्चा जारी छ। हलिउड र बलिउडका चर्चित कलाकारहरुको कान्समा उपस्थितिबारे अन्तर्राष्ट्रिय मिडियामा व्यापक चर्चा छ।

यसपटक नेपालबाट पहिलो पटक नायिका प्रियंका कार्कीले कान्सको रेड कार्पेटमा सहभागिता जनाएकी छिन्।

केही दिनअघि मात्रै प्रियंका फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी थिइन्।

सोमबार आयोजित ‘वर्ल्ड पिस नाइट’ मा कार्की सहभागी भइन्। समारोहमा सहभागी भएको तस्विरहरु प्रियंकाले आफनो सामाजिक सञ्जालमा फेसबुक र इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन्।

कान्समा उनी गोल्डेन गाउनमा सजिएकी छिन्।

प्रियंका नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell