PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पोखरा: मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा हिजो साँझ एक जनाको मृत्यु भएको छ। पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। पोखराको लेखनाथस्थित आदर्शचोकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रक र ग१३प २६६० नम्बरको मोटरसाइकल एकापसमा जुधेपछि सो घटना भएको हो। सो मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell