PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई



कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका छन्।

उपचारका लागि सिंगापुर पुगेका देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए।

मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा विदेश प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ।' 

पत्नी आरजु राणासँगै सिंगापुर पुगेका देउवा १३ गते नेपाल फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell