PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सलमान खान आलियासँग काम गर्न उत्साहित



 सलमान खान आलियासँग काम गर्न उत्साहित
फोटो :MATRIBHUMI

यति बेला बलिउड अभिनेता सलमान खान फिल्म ‘दबंग ३’ को सुटिङमा व्यस्त छन्। अहिले उनको हातमा फिल्मै फिल्म छ। उनी अभिनित फिल्म ‘भारत’ आँउदो इदको अवसरमा प्रदर्शन हुँदैछ।

सलमान निर्देशक संजयलिला भन्सालीले निर्माण गर्न लागेको फिल्म ‘इन्शा अल्लाह’ मा अभिनेत्री आलिया भट्टसँग पहिलो पटक एउटै स्क्रिन शेयर गर्दैछन्। उनी आलियासँग काम गर्नको लागि निकै उत्साहित छन्। सलमानले ट्यालेन्टको भण्डार भन्दै आलियाको प्रशंसा समेत गरेका छन्।

सलमान भन्छन् ‘फिल्म स्टुडेन्ट अफ द एयरदेखि सुरु भएको आलियाको फिल्मी यात्रा निकै राम्रो छ। यहाँसम्म आउन आलियाले गरेको काम र उनमा भएको विकासको जिम्मेदार आलिया स्वयमनै हुन्।’

वेब दुनियाँमा उल्लेख गरिए अनुसार आलिया पनि सलमानसँग काम गर्न निकै उत्साहित छिन्। आलिया भन्छिन् 'संजय र सलमान खान एकसाथ म्याजिकल हुन्छन्, फिल्म ‘इन्सा अल्लाह’ को सुन्दर जर्नीको सुरु गर्नलाई म निकै आतूर छु।’

आलियाको पछिल्लो समय प्रदर्शन भएको फिल्म ‘कंलक’ हो। तर यो फिल्मले भारतीय बक्समा व्यपारिक रुपमा असफल भएको थियो। सलमानसँगको फिल्मबाट आलियाले नयाँ सफलता हासिल गर्ने अनुमान अपेक्षा गरेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell