सलमान खान र कट्रिना कैफ अभिनित फिल्म 'भारत' इदमा प्रदर्शनमा आउँदैछ। फिल्मको ट्रेलर र गीतहरु पहिला नै रिलिज भइसकेका छन्। धेरैले सलमान र कट्रिनाको केमेस्ट्रीलाई यसपटक फेरि मन पराउने अपेक्षा गरिएको छ।
यसैबीच सलमान खानले आफ्नो इन्स्टाग्रामबाट भारत फिल्मको नयाँ प्रोमो सार्वजनिक गरेका छन्। प्रोमोमा सलमान र कट्रिनासँगै सुनिल ग्रोवर नाच्दै गरेको देखिएका छन्। यस फिल्ममा सलमान र कट्रिना पाँच भिन्न लुक्समा देखिने बताइएको छ।
जुन ५ मा प्रदर्शनमा आउने यो फिल्ममा दिशा पाटनी, ज्याकी श्राफ, तब्बु र नोरा फतेही पनि मुख्य भूमिकामा रहेको छन्। फिल्म भारतको निर्देशन अली अब्बास जफरले गरेका हुन्।