PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफ्नो कारणले जहाजको उडान ढिलाइ भएको भन्दै मेक्सिकोकी मन्त्रीले दिइन् राजीनामा



आफ्नो कारणले जहाजको उडान ढिलाइ भएको भन्दै मेक्सिकोकी मन्त्रीले दिइन् राजीनामा
फोटो: CEBTRO URBANO

मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन्।

सरकारी कामका लागि विमानबाट अन्यत्र जाने सिलसिलामा  व्यवसायिक जहाजको उडानमा ढिलाई भएपछि मेनाले राजीनामा दिएकी हुन्। उनकै कारण उडान ढिलो भएपछि सो कार्यको चर्को विरोध भएको थियो। मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै राजीनामा दिएको बताइएको छ।

राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले मेनाको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यलयले जनाएको छ।

राष्ट्रपति कार्यालयबाट जारी गरेको राजीनामा पत्रमा मेनाले आफूले गरेको कार्यको स्पष्टिकरण दिइरहनु नपर्ने भन्दै कुनै कार्य सम्पदन गर्नका लागि कसैलाई विशेषाधिकार दिन नहुने बताएकी छिन्।    

राष्ट्रपति ओब्राडरले पनि मेनालाई आफूले विमान ढिला हुनुको कारण बारे बुझ्न भनेको र उनले आफूलाई घटनाको वास्तविकता बारे भनेको बताएका छन्।

राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन्। यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए।

डिसेम्बरबाट राष्ट्रपतिका रुपमा काम थालेका ओब्राडोरले पहिलाका राष्ट्रपतिले प्रयोग गर्ने विलासी 'प्रेसिडेन्सियल प्लेन' को प्रयोग नगरी आम नागरिकले झैं व्यवसायिक विमानको प्रयोग गर्न सुरु गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell