PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

साउदीको एक विमानस्थलमा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीको दाबी



साउदीको एक विमानस्थलमा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीको दाबी
फोटो :REUTERS

यमनमा सक्रिय हुथी विद्रोहीहरुले साउदी अरेबीयाको जिचान विमानस्थललाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

सो विमानस्थलमा यमनी सीमासँग जोडिएको हुथी विद्रोहीको टेलिभिजन मरिसाहले जनाएको अलजजिराले उल्लख गरेको छ।

२०१५ देखि हुथी विद्रोही विरुद्ध लडिरहेका साउदी अरेबियाले भने हुथी लडाकूहरुको दाबीको पुष्टि गरेको छैन।

२०१४ मा यमनबाट साउदीको समर्थनमा बनेको सरकारलाई हटाउन सफल रहेको हुथी विद्रोहीले साउदीलाई लक्षित गर्दै दुई हप्तादेखि ड्रोन र मिसाइल आक्रमण गरेको बताइएको छ।

गत बिहिवार लडाकू समूहले साउदीको नज्रन शहरमा रहेको विमानस्थलमा समेत ड्रोन आक्रमण गरेको बताएको थियो। साउदीले भने ड्रोन आक्रमणलाई साउदीको वायु सेनाले असफल बनाएको प्रतिक्रिया दिएको थियो।

यमनको सिमानासँग जोडिएको नज्रन शहरमा हुथी विद्रोहीहरले बारम्बार आक्रमण गरिरेहका हुन्छन्।

यो महिनाको सुरुवातमा साउदीको राजधानी रियादमा रहेको तेलका पाइपलाइन लक्षित गर्दै हुथीहरुले आक्रमण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell