PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

उपराष्ट्रपति पुनको भ्रमणकै बेला ढल्यो अस्ट्रियाको सरकार, अन्तरिम सरकार गठनको तयारी



उपराष्ट्रपति पुनको भ्रमणकै बेला ढल्यो अस्ट्रियाको सरकार, अन्तरिम सरकार गठनको तयारी
फोटो: Florian Wieser/EPA

काठमाडौं: यतिबेला नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन अष्ट्रियाको साताव्यापी भ्रमणमा छन्। उनको भ्रमणकै क्रममा अष्ट्रियामा राजनीतिक संकट चुलिएको छ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले त्यहाँका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेल्लेनसँग द्विपक्षीय भेट गरेका थिए। सोही दिन अष्ट्रियाका चान्सलर सेबस्टियन कुर्ज पदबाट हटाइए। सोमबार संसदमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी पदबाट बाहिरिएका हुन्।

१७ महिना अगाडिमात्र अष्ट्रियाको चान्सलरको रुपमा सत्तामा आएका वामपन्थी अष्ट्रियन पिपल पार्टीका ३२ वर्षीय नेता कुर्ज अष्ट्रियाको राजनीतिक इतिहासमा ७ दशक यता विश्वासको मत प्राप्त गर्न नसकी बर्खास्तमा परेका पहिला नेता भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

अष्ट्रियामा नयाँ निर्वाचनमा सेप्टेम्बरमा हुने तय थियो। अब सो निर्वाचनलाई अगाडि सार्न सकिने छ। अब अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेल्लेनले अन्तरिम सरकारको चयन गर्ने छन्।

कुर्ज सरकारमा गठबन्धनको रुपमा रहेको दक्षिणपन्थी पार्टी फ्रिडम पार्टीका नेता हेइन्ज क्रिस्चियनको भ्रष्टाचार सम्बन्धी भिडियो टेप सार्वजनिक भएपछि सरकार ढलेको हो। गत १८ मेमा ती नेताले रुसी महिलासँग आर्थिक सहयोग माग्दै ती महिलासँग सरकारको समर्थन दिने बताउँदै गरेको भिडियो सार्वजनिक भएको थियो। त्यसपछि भाइस चान्सलरको रुपमा रहेका क्रिस्चियनले राजीनामा दिएका थिए।

क्रिस्चियनले राजीनामा दिएसँगै चान्सलर कुर्जले त्यहाँका गृहमन्त्रीलाई बर्खास्त गरेका थिए। चान्सलर कुर्जले चार मन्त्रीलाई परिवर्तन गर्दै त्यहाँका कर्मचारीलाई जिम्मा लगाएका थिए। उनले सेप्टेम्बरमा नयाँ निर्वाचन घोषणासमेत गरेका थिए।

तर, विपक्षीले कुर्जलाई शक्ति दुरुपयोग गरेको आरोप लगाउँदै उनको अन्तरिम सरकारप्रति विश्वास नभएको बताएका थिए।

संसदमा उनको विपक्षमा उनको सत्ता साझेदार दल फ्रिडम पार्टी र विपक्षी सोसल डेमोक्र्याटले मतदान गरेका थिए।

६ वर्ष अगाडि अष्ट्रियाको २७ वर्षको उमेरमा कान्छो परराष्ट्रमन्त्री बनेका कुर्ज देशकै कान्छो चान्सलर पनि हुन्। उनको नाम सँगै धेरै कुरामा पहिलो पनि जोडिएको छ।

विपक्षीमा स्पष्ट बहुमत आएपछि उनी अष्ट्रियाको इतिहासमा छोटो समय कार्यभार समाल्ने चान्सलर बनेका छन्।

कुर्जले गत १८ मे मा विवादस्पद भिडियो सार्वजनिक भएसँगै नयाँ निर्वाचनको घोषणा गर्दै मन्त्रिपरिषद्मा हेरफेर गरेका थिए। सोमबार उनीमाथि अविश्वासको प्रस्ताव पारित भएसँगै उनले सत्ता छाड्नुपर्ने हुन्छ।

उनको सत्ता बाहिरगमनका लागि विपक्षी दलले अविस्वासको प्रस्ताव ल्याउनुलाई सेप्टेम्बरमा घोषणा भएको निर्वाचनमा कुर्जको हातमा शक्ति नहोस भन्नका लागि भएको पोलिटिकोले जनाएको छ।

संसदमा अविश्वासको मत पारित भएसँगै कुर्ज र उनका मन्त्रीहरु बाहिरिएसँगै केही समयपछि र्‍याली आयोजना गरेका थिए। र्‍यालीमा उनले भने, 'म अझै यही छु प्रजातन्त्रमा जनताले निर्णय गर्छन्। म जनताको निर्णयको प्रतिक्षा गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell