PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाचघरमा सुनिए कवि फूलमान वल



नाचघरमा सुनिए कवि फूलमान वल

काठमाडौंः राजधानीको जमलस्थित नाचघरमा आज कवि फूलमान वलले दर्जन कविता सुनाए।

सांस्कृतिक संस्थानको एकल कविता वाचन श्रृंखला ‘स्रष्टा र सिर्जना’अन्तर्गत १४ औं शृंखलामा कवि वल प्रस्तुत भएका हुन्। 

उनले ‘आजका मान्छे’ ‘शीतलहर’, ‘बुद्धसँग जम्काभेट’‘दोस्रो जुनी’ ‘इन्द्रेणी गीत’, ‘बाग्मतीको आत्मलाप’, ‘भ्यालेन्टाइन्स डेको जुन’, ‘निद्रा’, ‘भुइँचालो’लगायत शीर्षकको कविता प्रस्तुत गरेका थिए।

एक कथासंग्रह, एक कविता संग्रह र दूई नाट्य कृतिका सर्जक वलका कवितामा सौम्य र सालिन व्रिदोही चेतना पाइने लेखक एवं राजनीतिकर्मी रघुजी पन्तले बताए।
 
कवितामाथि समीक्षा गर्दै वासुदेव अधिकारीले वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिने बताए। अधिक विम्वको प्रयोगले केही कविता भने क्लीष्ट बन्न पुगेको उनले टिप्पणी गरे।

स्रष्टाहरुको सम्मानमा हरेक महिनाको तेस्रो विहीबार श्रृंखलालाई निरन्तरता दिँदै आइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell