PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

'सांसदलाई पैसा दिएकोमा किन टाउको दुखाई? एक पटक चुनाव लड्नुस्, अनि हालत कसरी खराब हुन्छ, थाहा हुन्छ’



'सांसदलाई पैसा दिएकोमा किन टाउको दुखाई? एक पटक चुनाव लड्नुस्, अनि हालत कसरी खराब हुन्छ, थाहा हुन्छ’

काठमाडौँ: संघीय समाजवादी पार्टीका सांसद प्रदीप यादवले सांसदलाई दिइने भनेको ६ करोडबारे समर्थन गर्दै विरोध गर्ने विद्वानहरुलाई चुनाव लड्न चुनौती दिएका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा सांसद यादवले विद्वानहरूले सांसदका दु:ख नबुझेको उल्लेख गर्दै स्थानीयसँग समन्वय गर्न पनि उक्त रकम आवश्यक रहेको दाबी गरे।

‘१५ गते बेलुकाबाट नै विद्वानको टोली जो एक वर्षमा देखा पर्छन्। बजेट भाषणको बेला कहाँबाट बजेट आउँछन् र काठमाडौंबाट चस्माले हेर्छन्,' सांसद यादवले भने, 'भन्छन् सांसदले तलब खान लिए। अर्थमन्त्रीले ६ करोड दिएकोमा ५०/५० लाख महिनाको भयो भन्छन्। हामीले विनियोजन गर्ने हो। देखाउने हो। कार्यान्वयन त्यहाँ गाउँ र स्थानीयले हो। हामीले अनुगमन गर्ने हो।'
 
उनले थपे, 'ती विद्वानलाई भन्छु। एक पटक आएर चुनाव लडेर बुझ्नुस्। अनि थाहा हुन्छ हामी कसरी चुनाव लड्छौँ। दादी जी प्रणाम, काकीजी प्रमाण भन्दा गर्दागर्दै हाम्रो कसरी हालत खराब हुन्छ भन्ने। सडक बनाइदिन्छु। नाला बनाइदिन्छु भन्छौँ। हामीले ती नाला सडक नबनाए हराइदिन्छन्।’ 

आलोचना पनि

सांसदलाई विनियोजन गरेको रकमको समर्थनमा बोलेका उनले बजेटको आलोचना गर्न पनि भ्याए। उनको प्रश्न थियो, 'बजेट गुलियो पनि छ। चटपटे पनि छ। हेर्दै जाँदा यो संघीयता विरोधी छ। बजेटले प्रदेशलाई विभेद गरेको छ । १५ खर्बमध्ये १२ खर्ब केन्द्रसँगै छ। प्रदेश १ खर्ब हाराहारीमा मात्र छ। सात प्रदेश यसले कसरी प्रदेश चल्छ?'

संघीयताको खाडलमा मलजल गर्न बजेटले सघाएको उनको आरोप थियो। सांसद यादवले भने, 'संघ, प्रदेश र स्थानीय तहको द्वन्द्वको खाडललाई थप मलजल गरेको छ। बजेटले सन्तुलन गर्न सकेन। विभेद रहिरहेको छ। बजेटको बाँडफाँडमा समानुपातिक भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell