PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कट्रिना कैफको इच्छाः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग डिनर



कट्रिना कैफको इच्छाः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग डिनर
फोटो: INDIA TODAY

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अहिले फिल्म ‘भारत’ को प्रोमोशनमा निकै व्यस्त छन्। फिल्म इदलाई लक्षित गर्दै  प्रदर्शनमा आउँदैछ।

फिल्म प्रमोशनको लागि भागदौड गरिरहेकी कट्रिनालाई 'तिमी कसको साथमा डिनरमा जान चाहन्छौं ?' भनी सोधिएको  प्रश्नमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएर सबैलाई आश्चर्यमा पारिन्। यस्तै कट्रिनाले अमेरिकाकी पूर्व विदेश मन्त्री कोन्डोलिजा राइज, र अमेरिकी अभिनेत्री मर्लिन मुनरोका साथ डिनरमा जान चाहेको उत्तर दिइन्।

धेरैले डिनरका लागि कट्रिनाले सलमानको नाम लिने विश्वास गरेता पनि त्यसो नभएको भारतीय संचार माध्यमले जनाएको छ।

जब सलमानलाई पनि ‘तपाईकोसँग डिनरमा जान चाहनुहुन्छ ?’ भनि प्रश्न गरियो सलमानले भने उत्तर दिन चाहेनन्।

फिल्मी शैलीमा ‘आई मी एण्ड माईसेल्फ भन्दै सलमानले आफू कसैको साथमा पनि डिनरमा जान नचाहेको र कतै बाहिर गएर डिनर गर्नु भन्दा पनि आफ्नै परिवारको साथमा डिनर गर्न र समय बिताउन मनपराउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell