PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'छेस्कामको चौकी कब्जाको प्रयास भएको हैन, सुरक्षा गस्ती चाहिँ वडा ५ को नुर्कुममा हो'



'छेस्कामको चौकी कब्जाको प्रयास भएको हैन, सुरक्षा गस्ती चाहिँ वडा ५ को नुर्कुममा हो'

काठमाडौं: सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित वडा ३ मा रहेको छेस्काममा रहेको प्रहरी चौकी नियन्त्रणमा लिने प्रयासको समाचार वास्ताविकता नभएको महाकुलुङ गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष सागर किरातीले समाचार गलत ढंगले गएको बताएका हुन्। किरातीले पहिलोपोस्टसँग भने, 'वडा ३ को छेस्काममा भयो भनेर आएको छ। यो गलत हो। यो वास्तविकता होइन।' छेस्काममा चौकी रहेको र प्रहरीहरुसमेत चौकीमै रहेको उनले पुष्टि गरे।

विप्लवको गतिविधि वडा ५ को नुर्कुममा बढेको भन्दै सुरक्षाकर्मीले गस्ती बढाएको उनले स्पष्ट पारे। भने, 'वडा ५ को नुर्कुम भन्ने ठाउँमा विप्लवका कार्यकर्ताको आउजाउ बढ्यो भन्दै सुरक्षाकर्मीले गस्ती बढाएको हाम्रो जानकारीमा छ। आज गस्ती भयो। हेलिकप्टर पनि आएको थियो।'

नुर्कुममा १५ दिन अघिदेखि गस्ती चलेको गाउँपालिका अध्यक्ष किरातीले जानकारी दिए। गस्ती बढाएको ठाउँमा चौकी नै नरहेको उनले बताए।

उक्त क्षेत्र हेर्ने सोलुखुम्बुका प्रहरी निरीक्षक प्रदीपजंग क्षेत्रीले पनि यो विषय सामान्य भएको बताए। क्षेत्रीले पहिलोपोस्टसँग भने, 'नर्मल हो। सतर्कता बढाएकोमात्र हो। खासै केही होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell