PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वर्षा राउतको 'ट्रोल'बारे संजोगको यस्तो प्रतिक्रिया



वर्षा राउतको 'ट्रोल'बारे संजोगको यस्तो प्रतिक्रिया

काठमाडौं: अभिनेत्री वर्षा राउत अहिले ट्रोलको कारणले सामाजिक सञ्जालमा छाएकी छिन्। शुक्रबार अस्ट्रेलियाको सिड्नीमा आयोजित फिल्म ‘जात्रै जात्रा’ को प्रिमियर सो मा वर्षाले लगाएको पहिरन एकाएक भाइरल भयो।
 
उनको पहिरनलाई लिएर थुप्रै ट्रोलहरु समेत बने। तर आफ्नो पहिरनलाई लिएर सामाजिक सञ्जालमा यति धेरै ट्रोलहरु बनिरहँदा पनि वर्षाले कुनै प्रतिक्रिया नदिएको बेला उनको पति संजोग कोइरालाले भने प्रतिक्रिया जनाएका छन्। 

वर्षा खुलेको पहिरनले ट्रोलको शिकार भईरहदा संजोगले वर्षाको साथमा उभिएका छन्। सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत संजोगले भनेका छन्,‘म तिमीलाई सधैं प्रोत्साहन गर्छु, सम्मान गर्छु, तिम्रो हरेक लडाइमा तिम्रो साथमै उभिनेछु। तिम्रो संघर्ष र कठिनाईको समयमा पनि म तिमीलाई नै माया गरिरहनेछु। म तिमीलाई जस्तो समय र परिस्थितिमा पनि आनन्दित तुल्याउने प्रयत्न गर्नेछु। तिमी सधैं सही कुरा भन्न र गर्न सक्दैनौं त्यो ठीकै छ। तिमी यहाँ सबै कुरामा पर्फेक्ट हुन होइन तर वास्तविक हुनको लागी छौं।’
 
संजोग पनि वर्षासँगै सिड्नी पुगेका छन्।  

पहिरनको कारण वर्षा राउत छाइन् 'ट्रोल'मा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell