PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रियंका चोपडाको भारतीय प्रधानमन्त्री बन्ने इच्छा, श्रीमानलाई अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी दिन सुझाव



प्रियंका चोपडाको भारतीय प्रधानमन्त्री बन्ने इच्छा, श्रीमानलाई अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी दिन सुझाव
फोटो: GETTY IMAGE

बलिउडमा सफल करियर बनाएर हलिउडमासमेत सक्रिय रहेकी अभिनेत्री प्रियंका चोपडाले भारतीय राजनीतिमा प्रवेश गर्न चाहेको बताएकी छिन्।

हालै द सन्डे टाइम्ससँगको अन्तर्वार्तामा उनलाई राजनीतिका बारेमा प्रश्न गरिएको थियो। उक्त अन्तर्वार्तामा उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने इच्छा भएको बताएकी छिन्। उनले भनिन्, ' म प्रधानमन्त्री बन्न निर्वाचन लड्न चाहन्छु।'

प्रियंकाले प्रधानमन्त्री बन्ने इच्छा बताउँदै गर्दा आफ्नो श्रीमान निक जोनसलाई भने अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुपर्नेसमेत बताइन्।

प्रिंयकाले आफूलाई राजनीतिसँग जोडिएका धेरै विषयहरु मन नपरेको भन्न पनि पछि परिनन्। 'तर हामी दुबै जना परिवर्तन चाहन्छौं र परिवर्तनको लागि हामी कहिल्यै नाई भन्दैनौं,’ उनको भनाई।

आफ्नो श्रीमान निक एक असल नेता साबित हुने बताउँदै उनले निक महिलाको हितको लागि लड्न पछि नपर्ने दाबी गर्दै त्यो कुरा आफूलाई निकै मनपरेको बताइन्।

निक र प्रियंकाले गतवर्ष डिसेम्बरमा विवाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell