PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आफूमाथि 'ह्यारेसमेन्ट' भएको सरिता लामिछानेको गुनासो, छोरीले सोध्छिन्, 'आमा तिम्ले के अपराध गरेउ?'



आफूमाथि 'ह्यारेसमेन्ट' भएको सरिता लामिछानेको गुनासो, छोरीले सोध्छिन्, 'आमा तिम्ले के अपराध गरेउ?'

  • मन्दिरा खत्री-

काठमाडौं: मंगलबार नेपाली चलचित्रका नायिकाहरु काठमाडौंमा तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा भेला भए। भेलाकी प्रमुख पात्र थिइन् सरिता लामिछाने।

चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी उनका साथमा मञ्चमा देखिए गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा।

गत चैत २३ गते तोकिएको संघको निर्वाचन अध्यक्ष पदमा उम्मेद्वारी दिएकी उनै सरिताविरुद्ध उजुरी परेपछि रोकिएको थियो। लामिछानेविरुद्ध सुरज आरडीले उजुरी दिएका थिए।

सरिताविरुद्ध गैरकानुनी रुपमा सदस्यता लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जेठ चैत १५ गते उजुरी परेको थियो। अब संघको निर्वाचन जेठ २५ मा हुँदैछ।  

प्रशासनले सरितालाई क्लिन चिट दिएपनि आफुमाथि ह्यारेसमेन्टका प्रयासहरु भइरहेको गुनासो गरिन्। 

आफ्नो पक्षमा चुनावी माहोल बनाउनुपर्ने बेला आफूमाथि भएको ज्यादतीबारे बोल्दै हिड्नु दुखद भएको उनको भनाई थियो। 'तर, म माथि भइरहेका ह्यारेसम्न्टका प्रयासहरु झनै दुखद छन्। मैले धेरै किसिमका धाकधम्की र बेइजती सहनु परेको छ,' सरिताले भनिन्, 'अझ विभिन्न घटनाक्रमले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस हुन थालेको छ।'

ह्यारेस्मेन्ट कसले गरे भन्नेबारे भने उनले खुलाइनन्। आफूलाई गैर कलाकार भन्नेहरु माथि प्रश्न थियो, ‘तीन वर्ष महासचिव म के हैसियतले भए? देश वा विदेशमा जाँदा मलाई नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ?’

त्यसैगरी उनले आफूलाई छोरीलेसमेत के अपराध गरेको हो भनी सोध्ने गरेको उल्लेख गरिन्। 'आइमाइ हो, तर्साएर खेद्नुपर्छ भन्ने मानसिकताले उनीहरु काम गरिरहेका छन्। मलाई घरबाहिर र भित्र पनि अपराधी बनाउने कोशिश भइरहेको छ,' उनले भनिन्, 'सिडिओ कार्यालय र पुलिसकहाँ धाउँदा छोरीले सोध्छिन् आमा तिम्ले के अपराध गरेउ?'

सरिताको उम्मेद्वारीमा रेखाले भनिन्, ‘फिल्म इन्डस्ट्रीमा महिला कलाकारमाथि हुने गरेको ह्यारेसमेन्टका समस्याहरु एउटा महिलाले नै बुझ्ने भएकोले गर्दा पनि अध्यक्षको पदमा महिला नै हुनुपर्छ।’ 
 
करिष्मा मानन्धरले पनि सरितालाई साथ दिने बताइन्। ‘कलाकार संघको अध्यक्षको पदमा जो केही कलाकार उठन सक्दैनन्। अहिलेका कलाकारलाई त झनै गाह्रो छ र म यो पदमा लड्छु भनेर आउनेलाई साथ दिनुपर्छ।’ 

संघको अध्यक्षका लागि रवीन्द्र खड्काले पनि उम्मेद्वारी घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell