PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मार्सल आर्ट लुक्समा नम्रताको ‘जाइरा’



मार्सल आर्ट लुक्समा नम्रताको ‘जाइरा’

काठमाडौंः भदौ ६ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाइरा’ को टीजर सार्वजनिक भएको छ। बुधवार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘जाइरा’ को टीजर सार्वजनिक गरिएको हो। 

आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखिँदै छन्। फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रमेन दास श्रेष्ठ सहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजाता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय रहेको छ। 

फिल्म कटमरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्ड सेटर्स प्रालिले निर्माण गरेको हो। फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। 

फिल्म एउटा मार्सल आर्टिस्टको बदलाको कथामा बनेको नायिका नम्रताले बताइन्। ‘मार्सल आर्टिष्ट जस्तो देखिन मैले धेरै नै मेहनत गर्नुपर्‍यो। शारीरिक, मानसिक तथा भावनात्मक रूपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल पनि काटेकी थिएँ,’ उनले भनिन्, ‘हामीले एउटा राम्रो महिला प्रधान एक्शन फिल्म बनाउने प्रयास गरेका छौँ। दर्शकहरूको रुचिलाई मध्य नजर राखेर हामीले फरक प्रकारको फिल्म बनाएका छौँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell