PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

कप्तानको रुपमा कोहलीको ५०औँ जित, रोहितले उछिने गांगुलीलाई



कप्तानको रुपमा कोहलीको ५०औँ जित, रोहितले उछिने गांगुलीलाई

आइसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत बुधबार भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दा कप्तान विराट कोहली र रोहित शर्माले व्यक्तिगत उपलब्धि समेत हासिल गरेका छन्।

साउथ ह्यामप्टनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले सहजै हरायो।

दक्षिण अफ्रिकालाई २२७ रनमै रोक्न स्पिनर युजभेन्द्र चाहलले ४ विकेट लिए भने लक्ष्य पूरा गर्ने क्रममा रोहितले नटआउट १२२ रन बनाए।

दक्षिण अफ्रिकालाई पराजित गरेपछि विराटले कप्तानको रुपमा ओडिआई क्रिकेटमा ५०औं जित हात पारेका छन्। कोहली ओडिआईमा कप्तानको रुपमा सबैभन्दा छिटो ५० जित हात पार्ने कप्तानको सूचीमा चौथो स्थानमा परेका छन्।

वेष्ट इन्डिजलाई पहिलो विश्वकप जिताएका कप्तान क्लाइ लोएड र अष्ट्रलियालाई दुई पटक विश्वकप जिताएका कप्तान रिक्की पोन्टिङले ६३ खेल खेल्ने क्रममा ओडिआईमा कप्तानको रुपमा ५० जित हात पारेका थिए। कोहलीको लागि भने ६९ खेल खेल्नुपरेको हो।

कोहलीभन्दा अघि रहेका अर्का कप्तान हान्सी क्रोनले ६८ खेलमा यो सफलता पाएका थिए।

यस्तै दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दै जित दिलाएका रोहितले ओडिआई करियरको २३औँ शतक प्रहार गरेका हुन्।

शतकपछि उनले ओडिआईमा सर्वाधिक शतक प्रहार गर्ने भारतीय खेलाडीको सूचीमा पूर्व कप्तान सौरभ गांगुलीलाई समेत पछि पारे। गांगुलीले २२ शतक प्रहार गरेका छन्। समग्रमा भने रोहित तेस्रो स्थानमा छन्। सर्वाधिक ओडिआई शतक प्रहार गर्ने भारतीय खेलाडीमा सचिन तेन्दुलकर अगाडि छन्। सचिनले ४९ शतक प्रहार गरेका छन् भने वर्तमान कप्तान कोहलीले ४१ शतक प्रहार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell