PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भन्सालीको ‘इन्साल्लाह’ मा सलमान र आलियाले रोमान्स गर्ने



 भन्सालीको ‘इन्साल्लाह’ मा सलमान र आलियाले रोमान्स गर्ने
Photo: webdunia

इदको अवसरमा रिलिज भएको सलमान स्टारर फिल्म ‘भारत’ ले भारतीय बक्स अफिसमा आक्रमक व्यापार गरिरहँदा उनलाई लिएर नयाँ फिल्मको घोषणा भएको छ। 

भारतले पहिलो दिनमै भारु ४२ करोड कमाएको थियो। निर्देशक सञ्जय लीला भन्सालीले इदकै अवसर पारेरसलमान खान र आलिया भट्टलाई लिएर नयाँ फिल्म ‘इन्साल्लाह’ घोषणा गरेका छन्। भन्सालीले फिल्मको प्रदर्शन मिति पनि तय गरेका छन्। यो फिल्म वर्ष २०२० को इदमा रिलिज हुने बताइएको छ।

सलमान र आलियको यो पहिलो सहकार्य हो। ‘इन्साल्लाह’मा आलिया र सलमानले रोमान्स गर्ने भएका छन्। उक्त फिल्मलाई सलमान खान फिल्मस् र भन्साली प्रोडक्सनले संयुक्त निर्माण गर्ने वेब दुनियाँले जनाएको छ। 

आलिया यो फिल्मलाई लिएर निकै उत्साहित छिन्। फिल्मको बारेमा उत्साहित हुँदै आलिया भनिन्, ‘सञ्जय सर र सलमानसँग काम गर्ने मेरो एउटा ठुलो सपना पूरा हुँदैछ। उनीहरूको जोडी जादु जस्तै छ। म उनीहरूसँग काम गर्न निकै आतुर छु। यो फिल्मी यात्रा जादुमय हुनेवाला छ।’ 

सलमान र भन्सालीको जोडी यस अघि १९९९ मा रिलिज भएको फिल्म ‘हम दिल दे चुके सनम’ मा देखिएको थियो। त्यसपछि पनि सलमानले भन्सालीको अर्को फिल्म ‘सावरिया’ मा अभिनय गरेका थिए। फिल्मका अन्य कलाकारको नाम भने अझै सार्वजनिक गरिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell